Kathmandu Press

कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

कैलाली, साउन १५ : कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन गरेको छ।कार्यालयले उपलब्ध...
कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

कैलाली, साउन १५ : कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन गरेको छ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो। सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो।

Hardik ivf

कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ

 सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन्। आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन्।

यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ।

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्