चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’
काठमाडौं, साउन १५ : चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो...
काठमाडौं, साउन १५ : चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।
‘यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौं’, नगरप्रमुख घनश्याम गिरीले भने, ‘सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पु¥याउने छन् ।’
स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उहाँले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिए।
१५शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ । साथै अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता ९अपाङ्गता० भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।
कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए। सो अवसरमा नगरपालिकाले १५ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको थियो ।












