Kathmandu Press

नेपाललाई आधुनिक र विकसित राष्ट्र बनाउँछाैँ : प्रधानमन्त्री ओली 

काभ्रेपलाञ्चोक, मंसिर ६ :  प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन्।

....
नेपाललाई आधुनिक र विकसित राष्ट्र बनाउँछाैँ : प्रधानमन्त्री ओली 
फाइल

काभ्रेपलाञ्चोक, मंसिर ६ :  प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन्।

शुक्रबार धुलिखेलमा केयूको २५ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट पारेका हुन्। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताए। 

“हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ।  अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ,”उनले भने। नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उनले स्पष्ट गरे। “हामी केही कारणले आर्थिक रुपमा पछाडि पर्‍यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो”, उनले भने।

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे। नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उनले बताए।

कार्यक्रममा  एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो।  केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन्।

दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन्। भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत दीक्षित भएका छन्।  

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्