कांग्रेस नेता काेइरालालाई काेराेना संक्रमण पुष्टि
काठमाडाैं, साउन १४ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। शनिबार गरेकाे परीक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे।शुक्रबार...
काठमाडाैं, साउन १४ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। शनिबार गरेकाे परीक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे।
शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
उनको ग्रान्डीमै उपचार भइरहेको छ। कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ।
प्रकाशित मिति: २०:३८ बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












