Kathmandu Press

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

शेनयाङ, साउन १४ : चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ।

प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ। उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन्।

बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेका छन्।

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, साउन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्