Kathmandu Press

स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

म्याड्रिड, साउन १४ : स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ।स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका...
स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

म्याड्रिड, साउन १४ : स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ।

स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो।

यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो।

Hardik ivf

मन्त्रालयले भनेको छ, 'कूल तीन हजार ७५० मा मङ्कीपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ।'

मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, 'मृतकमध्ये ‘दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन्।'

स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ।

मङ्कीपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ।

ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मङ्कीपक्स सङ्क्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो।

यस पहिले अफ्रिकामा मङ्कीपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो। अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालिन समयमा महामारीको रूप लिएको थियो।
 
यद्यपि यस बर्ष मङ्कीपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन।

विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकारूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो।

डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस बर्ष मङ्कीपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन्।

मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मङ्कीपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्