Kathmandu Press

ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा श्रीलंकामा १३ जना पक्राउ

ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा श्रीलंकामा १३ जना पक्राउ

काेलम्बाे, साउन १४ : श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पुर्‍याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ।

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुनस् शुरु गरेको थियो।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताएका थिए।

विदेशी मुद्राको सञ्चिति अभावका कारण श्रीलङ्काले फेब्रुअरी २०२२ देखि इन्धन अभावको सामना गरिरहेको छ।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, साउन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्