Kathmandu Press

अमेरिकी विदेशमन्त्री दक्षिणी पूर्वी एसियाको भ्रमणमा निस्कँदै

अमेरिकी विदेशमन्त्री दक्षिणी पूर्वी एसियाको भ्रमणमा निस्कँदै

वासिङटन, साउन १४ : अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एसियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन्।

कम्बोडिया, फिलिपिन्ससहितका एसियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।  

Hardik ivf

दक्षिणपूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का तीनवटा बेग्लाबेग्लै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिङकेन आगामी बुधबार  कम्बोडियाको राजधानी नोमपेन पुग्नेछन्। आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक कम्बोडिया हो। 

कम्बोडियामा उनले आसियानमा आवद्ध देशहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा छलफल गर्ने छन्। विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रीस्तरीय बैठकमा  समीक्षा हुनेछ। 

अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन  गत मे महिनामा वासिङ्टनमा भएको सहमतिअनुरूप ब्लिङकनको यो भ्रमण हुन लागेको हो। 

कम्बोडियाबाट उनी  फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेश मन्त्रीलाई भेट्ने कार्यक्रम छ। दुई एसियाली देशको भ्रमण पूरा गरी उनी यही साउन २२ गते अफ्रिकी मुलुकको भ्रमणमा जानेछन्। 

अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानव अधिकार, रुस—युक्रेन युद्धलगायत सामयिक मुद्दामा विचारविमर्श गर्नेछन्।

प्रकाशित मिति: १६:४० बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्