Kathmandu Press

१० अफगान सुरक्षाकर्मीलाई  बाढीले बगायो

घाज्नी, साउन १४ : अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ।  घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन...
१० अफगान सुरक्षाकर्मीलाई  बाढीले बगायो

घाज्नी, साउन १४ : अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ। 
 
घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो।

उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन्।  मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए। 

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, साउन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्