थपिए ४३८ कोरोना संक्रमित, दुई जनाको मृत्यु
देशभर गरिएको १ हजार ७ सय ७९ पिसिआर परीक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टिजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, साउन १४ : नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ७ सय ७९ पिसिआर परीक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टिजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन्।
हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तीमध्ये होम आइसोलेसनमा ४ हजार २ सय १८ र संस्थागत आइसोलेसनमा १ सय ५१ जना रहेका छन्। त्यसैगरी आइसियुमा ३३ र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:१८ बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार