Kathmandu Press

दशरथ रंगशालाको काम सक्न मजदुरलाई चटारो (फोटो फिचर)

काठमाडौं, मंसिर ६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन अब ९ दिन मात्रै बाँकी छ।

तर, सागको उद्घाटन हुने दशरथ रंगशाला निर्माणको क....

दशरथ रंगशालाको काम सक्न मजदुरलाई चटारो (फोटो फिचर)

काठमाडौं, मंसिर ६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन अब ९ दिन मात्रै बाँकी छ।

तर, सागको उद्घाटन हुने दशरथ रंगशाला निर्माणको काम भने अझै सकिएको छैन। साग नजिकिँदै जाँदा दशरथ रंगशालामा निर्माणको काम सक्ने चटारोमा मजदुर छन्। चीनबाट प्याराफिटको छाना आउन ढिलाइ भएपछि रंगशालाको काम केही ढिला भएको राखेपले बताउँदै आएको छ। 

Hardik ivf

अहिले रंगशालामा भिआईपी प्याराफिटमाथि छानो हाल्ने काम धमाधम भइरहेको छ। त्यतिमात्रै होइन, प्याराफिटमा कुर्सी हाल्ने काम पनि भइरहेको छ।  

रंगशालाको प्याराफिटमाथि छानो र कुर्सी राख्ने काममात्रै होइन उद्घाटनका लागि रंगशालाको सजावट, साउण्ड सिस्टम, डिस्प्ले राख्ने लगायतका धेरै काम बाँकी छन्। 
मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं सागको उद्घाटन दशरथ रंगशालामै हुनेछ।  उद्घाटनका लागि रंगशाला तयार पार्ने काम सक्न मजदुरहरुलाई निकै चटारो छ। 

हेर्नुस् तस्वीर :

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्