यु–१७ साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा
काठमाडाैं, साउन १४ : दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यू–१७ साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरेको छ।शनिबार सर्वाजनिक समूह विभाजन अनुसार साफका परम्परागत...
काठमाडाैं, साउन १४ : दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यू–१७ साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरेको छ।
शनिबार सर्वाजनिक समूह विभाजन अनुसार साफका परम्परागत प्रतिद्वन्द्वी नेपाल र भारत एउटै समूहमा परेका छन्। ५ टिम सहभागी हुने प्रतियोगिताको समूह बीमा नेपाल र भारतसँगै भुटान पनि छ।
यस्तै, समूह एमा श्रीलंका, बंगलादेश र माल्दिभ्स छन्। पाकिस्तान भने प्रतियोगितामा सहभागी छ्रैन। यू–१७ साफ सेप्टेम्बर ५ बाट श्रीलंकामा सुरू हुनेछ। प्रतियोगिताका लागि नेपालले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिरहेको छ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन्।
प्रकाशित मिति: १५:४५ बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











