Kathmandu Press

महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा

काठमाडाैं, साउन १४ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले शनिबार गरेको समूह...
महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा

काठमाडाैं, साउन १४ : घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले शनिबार गरेको समूह विभाजन अनुसार नेपाल सहज समूहमा परेको हो। समूह बीमा नेपालसँगै श्रीलंका र भुटान छन्।

यस्तै, समूह एमा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

प्रतियोगिता लागि नेपाली महिला टिमले बन्द प्रशिक्षण थालिसकेको छ। बन्द प्रशिक्षणमा ५८ खेलाडी छन्।

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्