Kathmandu Press

माओवादीलाई दोस्राे पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन्न : प्रचण्ड

काठमाडाैं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादीलाई दोस्राे पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने...
माओवादीलाई दोस्राे पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन्न : प्रचण्ड

काठमाडाैं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादीलाई दोस्राे पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोस्राे बनाउन सहयोग गरे मात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताएका हुन्।

आफूले कांग्रेसका नेताहरुसँग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोस्राे बनाउन नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उनको भनाई छ। प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राख्नुभयो ।

उहाले आगामी निर्वाचन स्थानीय तहभन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरी जानुपर्ने बताउनुभयो । स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्र भएको पुष्टि भएको बताए। नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दाबी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए।

त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउन अघि बढे पनि केही व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गरे। उनले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पारे।

प्रकाशित मिति: १५:२६ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्