Kathmandu Press

कांग्रेस र एमालेभित्र पनि माओवादी नै पसेजस्तो लाग्छ : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेभित्र पनि माओवादी नै पसेको जस्तो लाग्ने गरेको...
कांग्रेस र एमालेभित्र पनि माओवादी नै पसेजस्तो लाग्छ : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेभित्र पनि माओवादी नै पसेको जस्तो लाग्ने गरेको बताएका छन्।

राजधानीमा आज (शनिबार) आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला, दलित, जनजाति, आदिवासी, मुस्लिमलगायतको प्रतिनिधित्व गरेर आएकाहरु देख्दा कांग्रेस र एमालेभित्र पनि माओवादी नै आएको महसुस हुने बताएका हुन्।

‘आजभोलि मैले त्यो पनि भन्ने गरेको छु नेपाली कांग्रेसले महिला, दलित, जनजाति, मुस्लिम आदिलाई प्रतिनिधित्व गराउँछ, त्यो देख्दा माओवादी नै आइपुगेको हो भन्ने मलाई लाग्छ,’ प्रचण्डले भने। उनले एमालेमा पनि अवस्था त्यस्ते रहेको बताए। त्यसकारण कांग्रेस र एमालेभित्र माओवादी पसेको जस्तो लाग्ने गरेको उनको भनाइ थियो।  

उनले संघीयताको मान्यता रगत बगाएर प्राप्त भएको बताए। यो परिवर्तन माओवादी जनयुद्धका कारण सम्भव भएकाले कोही निराश हुनपर्ने कारण नभएको तर्क उनले गरे।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन सफल भएकोमा सबैभन्दा बढी खुसी माओवादी भएको उनले बताए। आगामी निर्वाचन सामान्य नभएको बताउँदै संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न आउने चुनाव महत्वपूर्ण हुने उनको भनाइ थियो।

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्