Kathmandu Press

नेपालमा आफ्नाे नेतृत्वको बाहेक अरु माओवादीको काम छैन : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अरु माओवादीको कुनै अर्थ नभएको बताएका छन्।राजधानीमा आज (शनिबार) आयोजित माओवादी केन्द्र...
नेपालमा आफ्नाे नेतृत्वको बाहेक अरु माओवादीको काम छैन : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अरु माओवादीको कुनै अर्थ नभएको बताएका छन्।

राजधानीमा आज (शनिबार) आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा अरु माओवादीको अर्थ नभएको बताएका हुन्।

‘विप्लव माओवादी काम छैन। वैद्य माओवादीको पनि अर्थ छैन। बाबुराम त झन् माओवादी नै होइनन्,’ उनले भने, ‘देशमा माओवादी भनेको एउटै हो, जसको नेतृत्व प्रचण्डले गर्छन्।’ यसपटक यो कुरा प्रमाणित भएको जिकिर उनले गरे।

प्रचण्डले आफूलाई कांग्रेसले वामपन्थीमध्येको पहिलो शक्ति बनाउने गरी सहयोग गर्नुपर्नेमा जोड दिए। अन्यथम असामान्य अवस्था आउन सक्ने चेतावनी उनले दिए।
‘चुनावी तालमेल गर्दा वामपन्थीहरूको पहिलो दल माओवादी केन्द्र बन्नेगरी गर्नुपर्छ,’ उनले भने, ‘मैले कांग्रेसलाई पनि त्यसै भनेको छु। त्यसो भयो भने सबै कुरा सहज रूपमा जान्छ, नभए जाँदैन।’

नेताहरूलाई गाली गरेर समाज भत्काउने संस्कारको तर्कसहित विरोध गर्नुपर्ने उनले बताए।

‘कतिपयले नेताहरूलाई विदा गर्ने भन्छन्। मानव समाज व्यवस्थित रूपले अघि बढ्छन्। समाजलाई हेन्डल गर्ने कुरामा युवाहरू हुन्छन्। समाजमा प्रौढहरू पनि हुन्छन्। तिनीहरूको सहभागिताबिना समाज सन्तुलित, गतिशील र स्थिर हुन सक्दैन,’ उनले भने, ‘आमाबाहरूको अनुभव पनि काम लाग्छ। एकथरी मानिसहरु बुढाहरू, प्रौढहरू चाहिँदैन भन्छ्न। त्यो समाज भत्काउने विचार हो। सबैको उचित समायोजनबाट मात्रै राष्ट्र अघि बढ्छ।’

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्