Kathmandu Press

सम्भवतः आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने बताएका छन्।निर्वाचन मितिबारे शुक्रबार...
सम्भवतः आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, साउन १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने सम्भावना रहेकाे बताएका छन्।

निर्वाचन मितिबारे शुक्रबार प्रधानमन्त्री शेरबहादुरसँग कुराकानी भएको उल्लेख गर्दै उनले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने सम्भावना रहेकाे बताएका हुन्। 

राजधानीमा आज (शनिबार) आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने तीन महिना निकै चुनौती र अवसरको महिना भएको बताए। ‘तीन महिना अभियानका रूपमा गयौं भने देशको मानचित्र बदल्न सक्छौं,’ उनले भने, ‘परिवर्तन विरोधी परिवर्तनका मालिकजस्ता भएका छन्।’

उनले अबको निर्वाचन सामान्य नभएको बताउँदै अहिलेसम्मको परिवर्तनको रक्षा गर्दै समाजवादीको आधार तयार पार्ने लडाइँको मोर्चा तयार गर्नुपर्नेमा उनले जोड दिए। संविधान र गणतन्त्र उल्टाउने षड्यन्त्रलाई परास्त गर्न अबको निर्वाचन महत्वपूर्ण हुने उनको भनाइ थियो।

उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अमेरिकी सरकारलाई फिर्ता पठाउने सन्दर्भमा आफ्नो पार्टीको योगदान रहेको दाबी गरे। ‘एसपिपी अमेरिकी सरकारलाई फिर्ता पठाउने कुरामा हाम्रो पार्टीको योगदान छ।’

प्रचण्डले अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्मै कायम रहने पनि बताए। ‘अहिले यहि पाँच दलीय गठबन्धन कायम हुन्छ, यसमा दायाँबायाँ गरिँदैन।’ तालमेल गर्दा गठबन्धन पहिलो हुने त्यसमा पनि पहिलो कांग्रेस हुने, दोस्रो माओवादी केन्द्र हुने उनले बताए। माओवादी परिवर्तनको वाहक भएको जिकिर पनि उनले गरे।

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्