प्युठानको स्वर्गद्वारीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते
प्युठान, साउन १४ : प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ निवासी ३२ वर्षीया गुडिया...
प्युठान, साउन १४ : प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ निवासी ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु३च ३५३ नम्बरको जिप आज (शनिबार) भ्यागुतेमा दुर्घटना हुँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्। तीमध्ये ९ जनाको अवस्था गम्भीर छ। भिङ्ग्रीस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनीहरुलाई बुटवल पठाइएको छ।
जिपमा चालकसहित १७ जना सवार थिए। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्थानीय जिप रिजर्भ गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएकाे जनाइएकाे छ।
ब्रेक नलागेर जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।











