Kathmandu Press

फोहोरभित्रकै गिरोहले काठमाडौंको फोहोर व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

काठमाडौं, साउन १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रकै गिरोहले भूमिका खेलेका कारण काठमाडौंको फोहोरमैला व्यवस्थापन हुन नसकेको बताएका छन्।आज...
फोहोरभित्रकै गिरोहले काठमाडौंको फोहोर व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

काठमाडौं, साउन १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रकै गिरोहले भूमिका खेलेका कारण काठमाडौंको फोहोरमैला व्यवस्थापन हुन नसकेको बताएका छन्।

आज (शनिबार) काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैलाभित्रकै गिरोहले यसलाई ठुलो बनाइरहेको उनको भनाइ छ। स्थानीय तहले फोहोरमैलालाई आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्ने उनले बताए। त्यसका लागि संघीय सरकार सहयोगका लागि तयार रहेको उनको भनाइ थियो।

उनले पर्यटन मन्त्रालयले फोहोरमैला समस्या समाधानका लागि मठमन्दिरमा सरसफाइ गर्न राष्ट्रिय अभियान थाल्न लागेको जानकारी दिँदै सो अभियानको सफलताका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको आवश्यकता उनले औंल्याए।

उनले सिंहदरबारबाट स्थानीय र प्रदेश सरकारमा अधिकार गइसकेको विषयमा नागरिकलाई बुझाउनुपर्नेमा उनले जोड दिए।  ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभूति भएको छैन,’ उनले भने, ‘सबै सिंहदरबार मात्रै जान खोज्छन्। सिंहदरबारमै बजेट माग्न जानुपर्छ भन्ने सोच छ।’

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्