Kathmandu Press

एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्याे, भविष्यमा यस्तो द्वन्द्वमा पर्नुहुँदैन : महामन्त्री शर्मा

काठमाडौं, साउन १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को  ‘च्याप्टर क्लोज’ भइसकेको बताउँदै भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै...
एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्याे, भविष्यमा यस्तो द्वन्द्वमा पर्नुहुँदैन : महामन्त्री शर्मा

काठमाडौं, साउन १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को  ‘च्याप्टर क्लोज’ भइसकेको जनाउँदै भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै पर्न नहुने बताएका छन्।

उनले आज (शनिबार) समाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्। सरकारले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसकेको जानकारी सदनलाई गराएको भोलिपल्ट उनले एसपिपीको  ‘च्याप्टर क्लोज’ भइसकेको र भविष्यमा यस्तो विषयमा सचेत हुनुपर्ने बताएका हुन्। 

‘एसपिपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं,’ उनले ट्विटरमा लेखेका छन्। 

परराष्ट्र सम्बन्धमा ‘व्यक्ति’ र ‘दल’ नभई ‘देश’लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने अभिव्यक्ति पनि उनले दिएका छन्।

पहिला गल्ती गरेर पछि आत्मालोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले परराष्ट्र सम्बन्धमा भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्नु अनिवार्य रहेको पनि बताएका छन्। 

‘हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्‍याउँछौं! नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ। भूराजनीतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्