मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न जसपाकाे माग
धनुषा, साउन १४ : जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेको छ।वर्ष नहुँदा धान लगाएको खेतमा पानी सुक्न...
धनुषा, साउन १४ : जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेको छ।
वर्ष नहुँदा धान लगाएको खेतमा पानी सुक्न थालेपछि जसपाले मधेस प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै किसानका लागि राहतको प्याकेज घोषणा गर्न माग गरेको छ।
जसपाका धनुषा अध्यक्ष पशुपति यादवको नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। किसानहरूका लागि पर्याप्त मलखादको व्यवस्था, ऋणको ब्याज मिनाहा, सिँचाइका लागि डिप बोरिङलगायत वैकल्पिक व्यवस्था गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
जेठमा रोपिएको धान फल्ने बेलामा खडेरी लागेको छ भने असारमा रोपिएको धान पानी नहुँदा सुक्न थालेको उनीहरूको भनाइ छ।
मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका ८ जिल्लामा ८२ प्रतिशत धान रोपाइँ भएको छ। प्रदेशको ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमिनमध्ये ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।
त्यसमध्ये ३ लाख ३४ हजार १४४ हेक्टर अर्थात् ८२ प्रतिशतमा धान रोपिएको छ।











