सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने
काठमाडौं, साउन १४ : सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरेर एसिड आक्रमणमा परेकाले कुनै...
काठमाडौं, साउन १४ : सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरेर एसिड आक्रमणमा परेकाले कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा लिन सक्ने जनाएको हो।
आकस्मिक उपचारपछि थप उपचार गर्नुपरेको अवास्थामा काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने सूचनामा उल्लेख छ।
मन्त्रालयका अनुसार ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ बमोजिम पीडितको उपचार गरिने मन्त्रालयको भनाइ छ।
एसिड आक्रमण मानवताविरुद्धको जघन्य जघन्य अपराध भएकाले त्यसविरुद्ध आवाज उठाउनुपर्ने र एसिड आक्रमणको अन्त्यु गर्नुपर्ने सन्देश पनि मन्त्रालयले सोही सूचनामाफृत पर्वाह गरेको छ।












