Kathmandu Press

जावलाखेलका कप्तान कुल्दिप भारतीय क्लबमा

काठमाडाैं, साउन १४ : ए डिभिजन क्लब जावलाखेल युथका कप्तान तथा डिफेन्डेर कुल्दिप कार्की भारतीय क्लबमा अनुबन्धित भएका छन्। कुल्दीप भारतीय क्लब रेल्वे...
जावलाखेलका कप्तान कुल्दिप भारतीय क्लबमा

काठमाडाैं, साउन १४ : ए डिभिजन क्लब जावलाखेल युथका कप्तान तथा डिफेन्डेर कुल्दिप कार्की भारतीय क्लबमा अनुबन्धित भएका छन्। कुल्दीप भारतीय क्लब रेल्वे एफसीमा आबद्ध भएका छन्।

रेल्ले सामाजिक सञ्जालमा कुल्दिपको फोटो पोस्ट गर्दै उनलाई अनुबन्ध गरिएको जनाएको छ। उसले नेपालको ए डिभिजन क्लबको कप्तान समेत रहेका कुल्दिपलाई युवा प्रतिभा रहेको उल्लेख गरेको छ।

कुल्दिपलाई रेल्वेले एक सिजनका लागि अनुबन्ध गरेको हो । रेल्वे कोलकाता फुटबल लिग खेल्ने क्लब हो।

प्रकाशित मिति: ११:०१ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्