स्कुल बसले ठक्सर दिँदा दाङमा बालिकाको मृत्यु
दाङ, साउन १४ : दाङको गढवा गाउँपालिका–७ मानपुरमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ।शुक्रबार बेलुका न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख...
दाङ, साउन १४ : दाङको गढवा गाउँपालिका–७ मानपुरमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार बेलुका न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसले ठक्कर दिँदा मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको मृत्यु भएको हो ।
बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्याइए लगत्तै उनको मृत्यु भएको थियो।
प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १०:५० बजे, शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











