Kathmandu Press

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो: एनआरएनए

काठमाडौं, साउन १४ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने...
नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो: एनआरएनए

काठमाडौं, साउन १४ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ।

सङ्घले विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको छ। नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ।

नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ। त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन्।

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्रयाउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने सङ्घको विश्वास छ। सङ्घले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ।

प्रकाशित मिति: ०६:४९ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्