Kathmandu Press

संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते : प्रवक्ता महत 

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।शुक्रवार नेपाल...
संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते : प्रवक्ता महत 

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।

शुक्रवार नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए ।

प्रवक्ता महतले आफ्नो आकांक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए । 

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्