साफ यू–२० : श्रीलंका प्रतियोगिताबाट बाहिरियो
काठमाडौं, साउन १३ : भारतको भुवनेश्वरमा जारी साफ यू २० च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट श्रीलंका बाहिरिएको छ।कालिंगा स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक भारतसँग ४-०...
काठमाडौं, साउन १३ : भारतको भुवनेश्वरमा जारी साफ यू २० च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट श्रीलंका बाहिरिएको छ।
कालिंगा स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै श्रीलंका एक खेल बाँकी छदै प्रतियोगिताबाट बाहिरिएको हो। साविक विजेतासमेत रहेको भारतलाई जित दिलाउन पार्थिवसुन्दर गोगोइले २ गोल गरे।
हिमान्सु जान्ग्रा र गुर्किरात सिंहको नाममा १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ४ गोल भएको थियो। जितसँगै भारतले २ खेलमा ३ अंक जोडेको छ।
पहिलो खेलमा भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो। श्रीलंकाको यो लगातार तेस्रो हार हो। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र दोस्रो खेलमा नेपालसँग ३-० ले पराजित भएको थियोे।
प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











