Kathmandu Press

एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोख्रेल

काठमाडाैं, साउन १३ : नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन्।नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना...
एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोख्रेल

काठमाडाैं, साउन १३ : नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन्।

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन्। 

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो। अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गरे। 

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताए।

'प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ,' पोख्रेलले भने।

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्