Kathmandu Press

तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडाैं, साउन १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।शुक्रबार काठमाडौंमा नेपाल...
तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडाैं, साउन १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र बनिहाल्ने चर्चा चलेको भन्दै तत्काल समाजवादी केन्द्र बनाउनका लागि छलफल नै नभएको बताएका हुन्।

प्रचण्डले गठबन्धनभित्र रहेका बिचार मिल्ने दलहरुबीच चूनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफल मात्र भएको जिकिर गरे।

अध्यक्ष प्रचण्डले अहिले पनि गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र संघको निर्वाचनमात्रै नभई आवश्यकता अनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थीति नवनेसम्म गठबन्धन कायमै रहने बताए।

उनले स्थानीय निर्वाचनमा गठबन्धनबीच भएको चूनावी तालमेलको अनुभव मिठो नरहेको र प्रदेश र संघको निर्वाचनमा यसअघिको शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्ने बिषयमा गठबन्धनबीच छलफल भइरहेको धारणा राखे।

प्रचण्डले यसअघि राष्ट्रवादी भन्ने दलहरुले नै एसपीपी जस्ता राष्ट्रघाति कामहरु भएको भन्दै एसपीपी खारेज गर्नुपर्छ भने आफूले नै सुरुमा आवाज उठाएको बताए। उनले वर्तमान सरकारले राम्रो काम गरेकै कारण अर्थमन्त्रीलाई बदनाम गर्न खोजिएको समेत बताए। 

उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सरकार र माओवादीले गरेका राम्रा कामको प्रचार गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे। 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्