संसदीय छानबिन समितिले पूर्ण रुपमा काम गर्न सकेन : ज्ञवाली
काठमाडाैं, साउन १३ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिले पूर्ण रुपमा काम गर्न नसकेको बताएका छन्।छानबिन समितिका सदस्यसमेत रहेका ज्ञवालीले...
काठमाडाैं, साउन १३ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिले पूर्ण रुपमा काम गर्न नसकेको बताएका छन्।
छानबिन समितिका सदस्यसमेत रहेका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सिसीटिभीबाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन्।
उनले समितिमा रहेका सत्तापक्षका सांसदहरुका कारण छानबिन पूर्ण हुन नसकेको आरोपसमेत लगाए। अनधिकृत भनिएका व्यक्तिहरुको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाइ छ।
अनुसन्धान पुर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्ण रुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफु मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए। उनले अहिले व्यक्ति, पार्टी र सरकारभन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे।
उनले समितिले बनाएको कार्यविधिअनुसार पनि काम हुन नसकेको जिकिर गरे।











