काठमाडौं उपत्यकामा २८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय १२, ललितपुरमा...
काठमाडौं, साउन १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय १२, ललितपुरमा ५४ र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३४ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ४ सय ८, ललितपुरमा ४ सय ६८ र भक्तपुरमा ५८ रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ पुगेको छ।
प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











