Kathmandu Press

देशभर थपिए ५७७ कोरोना संक्रमित, दुईजनाको मृत्यु

देशभर गरिएको २ हजार ४ सय ७४ पिसिआर परीक्षणका क्रममा ३ सय ९१ जना र १ हजार ८ सय ८ एन्टिजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
देशभर थपिए ५७७ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडाैं, साउन १३ : नेपालमा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ४ सय ७४ पिसिआर परीक्षणका क्रममा ३ सय ९१ जना र १ हजार ८ सय ८ एन्टिजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ९ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै थप २ सय ६९ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ४ सय ८८ जना निको भएका छन्।

हाल नेपालमा ४ हजार ३ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्