प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
काठमाडौं, साउन १३ : प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्।नेपालको दुई दिने भ्रमणका क्रममा बिहीबार...
काठमाडौं, साउन १३ : प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपालको दुई दिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आएपुगेका लुले आज (शुक्रबार) अपराह्नतिर प्रधानमन्त्री निवास बालुवाटारमा गएर देउवासँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा दुईपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तरता हुने विश्सास प्रधानमन्त्री देउवाले व्यक्त गरेकाे जनाइएकाे छ।
लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत् र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रदान भएको भन्दै खुसी व्यक्त गरेका छन्।
उनले ट्विटरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यवाद दिए।
लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।











