Kathmandu Press

मन्त्रीको कामको आलोचनालाई ऊर्जाका रूपमा लिन्छु : मन्त्री श्रेष्ठ

काठमाडाैं, साउन १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गर्नुभएको छ।रिपोर्टर्स क्लब नेपालले...
मन्त्रीको कामको आलोचनालाई ऊर्जाका रूपमा लिन्छु : मन्त्री श्रेष्ठ

काठमाडाैं, साउन १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउँदै महत्वपूर्ण काम गरेको बताएका हुन्।

मन्त्रीको कामको आलोचना वा टीकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाका रुपमा लिएको पनि उनले बताए। मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे।

उनले वर्तमान सरकारलाई असफल भयो भनेर भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताए। श्रेष्ठले  परराष्ट्र मन्त्रालयले एसपिपी अस्वीकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि जानकारी दिए।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्