‘चन्द्रागिरि केबलकारमा कुनै प्राविधिक समस्या छैन’
काठमाडाैं, साउन १३ : चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ।लिमिटेडले शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि...
काठमाडाैं, साउन १३ : चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ।
लिमिटेडले शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाही बिधुत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको हो।
पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा कहिलेकाहीँ बिधुत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए।
उक्त समस्या केवलकारको समस्या नभएर बिद्युतका कारण समस्या भएको उहाको भनाई छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गरे।
केही कारणले बीचमा नै केवलकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने पनि उनले बताए।
चन्द्रागिरि हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केही कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ।











