Kathmandu Press

बलात्कार आरोपमा अखिल नेता राई जेल चलान

काठमाडौं, मंसिर ६ : बलात्कारको आरोप लागेतका अखिल नेता इन्द्रहाङ राईलाई जेल चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख....

बलात्कार आरोपमा अखिल नेता राई जेल चलान

काठमाडौं, मंसिर ६ : बलात्कारको आरोप लागेतका अखिल नेता इन्द्रहाङ राईलाई जेल चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो। उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अनेरास्ववियू केन्द्रीय सदस्य एवं रत्नराज्य लक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव राईमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो।

उनले असोज १२ गते देउसी खेल्न बोलाएर बलात्कार गरेको किशोरीले उजुरी दिएकी थिइन्। किशोरीको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको थियो।

 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्