Kathmandu Press

‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडाैं, साउन १३ : प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडाैं, साउन १३ : प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। 

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ संशोधनविना राष्ट्रियसभाबाट पारित भएको सन्देशको व्यहोरा पढेर सुनाउनुभएको थियो। राष्ट्रियसभाबाट बिहीबार सो विधेयक पारित भएको थियो। 

उनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शपथसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ।   

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्