संसदीय विशेष समितिले सभामुखलाई आजै प्रतिवेदन बुझाउने, ३ बजेकाे प्रतिनिधिसभा बैठकमा पेस गरिने
काठमाडौं, साउन १३ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बिहीबार प्रतिवेदन तयार पारिसकेको र आज (शुक्रबार) बुझाउने गयारी...
काठमाडौं, साउन १३ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बिहीबार तयार पारिसकेको प्रतिवेदन आज (शुक्रबार) बुझाउने गयारी गरेकाे छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको र करका दर हेरफेर गराइएको भन्ने सम्बन्धमा एमालेका मागबमोजिम बनेको उक्त संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई आजै बुझाउने तयारी गरेको हाे।समितिकाे समय बिहीबार सकिएको हाे।
समितिले आज (शुक्रबार) दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने र आजै दोस्रो चरणमा बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रतिवेदन पेस गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ। प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको निष्कर्ष निकालिएको जनाइएको छ।
संसद सचिवालयका अनुसार समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने बताइएको छ। प्रतिनिधिसभाको आजको पहिलो चरणको बैठक स्थगित गरिसकिएको छ। आजै दिउँसो ३ बजेका लागि अर्को बैठक बोलाइएको छ।
करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि असार २२ मा ११ सदस्यीय समिति गठन भएको थियो। समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो।
समय अपुग भएको भनी साउन ५ गते एक साता समय थप गरिएको थियो। प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको हो।











