Kathmandu Press

खुमलटार पुगेर गृहमन्त्रीले खाणले गरे प्रचण्डसँग छलफल

काठमाडौं, साउन १३ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाणले प्रचण्डसँग भेट...
खुमलटार पुगेर गृहमन्त्रीले खाणले गरे प्रचण्डसँग छलफल

काठमाडौं, साउन १३ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

शुक्रबार बिहान खुमलटार पुगेर गृहमन्त्री खाणले प्रचण्डसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल भएको बताइएको छ । त्यस्तै संसदबाट पारित भएको नागरिकता विधेयक, संघ तथा प्रदेशको निर्वाचनको मिति घोषणा लगायतका विषयमा पनि छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनमा केही दिनमै घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो पार्टी नेपाली कांग्रेस र गठबन्धनमा रहेका दलहरुबीच पनि छलफल गर्दै आइरहेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन मिति घोषणा गर्न हतार नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका थिए । निर्वाचन आयोगले पनि सरकारले चाँडै नै निर्वाचन मिति घोषणा गर्न लागेको बताएको थियो । 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्