प्रचण्ड जापान जाने भएपछि माओवादीकाे प्रदेश बैठक मिति परितर्वन
काठमाडाैं, साउन १३ : नेकपा (माओवादी केन्द्र) ले विभिन्न प्रदेशका बैठकको मिति परितर्वन गरेको छ।पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले...
काठमाडाैं, साउन १३ : नेकपा (माओवादी केन्द्र) ले विभिन्न प्रदेशका बैठकको मिति परितर्वन गरेको छ।
पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले साउन २१ गतेदेखि प्रचण्डको जापान भ्रमण तय भएका कारण पूर्वनिर्धारित प्रदेशका बैठकहरुको मिति परिवर्तन गर्ने निर्णय गरेको हो।
बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले साउन २९ गते तय भएको मधेस प्रदेशको बैठक भदाै २ गते बस्ने, प्रदेश १ को बैठक साउन २६ गते, लुम्बिनी प्रदेशको साउन २९ गते, कर्णाली प्रदेशको साउन ३१ गते र सुदूरपश्चिमको बैठक भाद्र चार गते बस्ने जानकारी दिए।
त्यस्तै प्रवास कमिटीको बैठक ६ गते, विशेष प्रदेशको चार गते र सम्पर्क मञ्चको भाद्र ८ गते बैठक बस्ने प्रवक्ता महराले जानकारी दिए। स्थायी कमिटीको साउन १५ गते बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने उनले बताए।
प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने तय भएको महराले जानकारी दिए।











