नेपालमा बाघको संख्या ३५५ पुग्यो
सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा र बाँकेमा २५ वटा रहेका छन्।
काठमाडौं, साउन १३ : नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांक अनुसार बाघको संख्या चार वर्षमै १२० बाघ थपिएका हुन्।
तीमध्य सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा र बाँकेमा २५ वटा रहेका छन् ।
नेपालले कम समयमै बाघको संख्या लक्ष्यभन्दा बढी बनाएको छ। सन् २०१० मा रूसको पिटसबर्गमा भएको विश्व बाघ सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए।
उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्यो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ सम्म त्यो संख्या २५० पुर्याउने नेपालको लक्ष्य थियो।
अहिले नेपालले लक्ष्यभन्दा १०० बढी बाघको संख्या बढाएको हो।











