‘निर्मला पन्तको हत्यारा समाउन सरकारलाई कसले किन रोक्यो?’
काठमाडौं, साउन १३ : नेकपा एमालेकी सांसद निरुदेवी पालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेकी छन्। शुक्रबारको प्रतिनिधि सभा...
काठमाडौं, साउन १३ : नेकपा एमालेकी सांसद निरुदेवी पालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेकी छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले निर्मलाको हत्या भएको यतिका वर्ष बितिसक्दा पनि अपराधीलाई पक्राउ गर्न सरकारले कुनैपनि तदारुकता नदेखाएको बताएकी हुन् ।
उनले तत्कालीन समयमा कांग्रेसका नेता कार्यकर्ताहरुले ओली सरकारले निर्मलाको हत्यारा लुकाएको आरोप लगाएको तर अहिले आफ्नै नेतृत्वमा सरकार रहँदा भने निर्मलाको हत्यारालाई पक्राउ गर्न कुनैपनि कदम नचालेको बताइन् ।
‘सरकार गठन भएको १ वर्ष बढी भइसक्यो, बलात्कारी समाउन कसले किन रोक्यो ? किन अपराधी समाउन सकेन ?’ पालले भनिन् । उनल निर्मला पन्तको बलात्कारी र हत्यारालाई तत्काल कानुनी कठघरामा ल्याउन सरकारसँग जोडदार माग गरिन्।
दिनानुदिन बढ्दै गइरहेका महिला हिंसा, हत्या, बलात्कार जस्ता सम्बेदनशील विषयमा पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो । उनले यस्ता गम्भीर विषयमा संवेदनशील भई पीडितले चाँडो न्याय पाउने गरी काम गर्न सरकारसँग माग गरेकी छन्।











