इन्जिनमा खराबी देखिएपछि काठमाडौं उडेको यतिको जहाज पोखरा फर्काइयो
जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा रेड लाइट देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पुनः पोखरा अवतरण गराएको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
काठमाडौं, साउन १३ : पोखराबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ।
यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान ८ बजे पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।
जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा रेड लाइट देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पुनः पोखरा अवतरण गराएको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उक्त जहाजमा ४५ यात्रु थिए । जहाज पुनः पोखरा अवतरण गराइएपछि इन्जिनियरहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन्।
प्रकाशित मिति: १०:५७ बजे, शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार