Kathmandu Press

तीन दिनसम्म लगातार बर्षाकाे सम्भावना

काठमाडाैं, साउन १३ : आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। अहिले बिहान प्रदेश नम्बर १ का केही र बाँकी प्रदेशका थोरै...
तीन दिनसम्म लगातार बर्षाकाे सम्भावना

काठमाडाैं, साउन १३ : आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। अहिले बिहान प्रदेश नम्बर १ का केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:५८ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्