Kathmandu Press

नेपालगञ्जकाे राँगाेलाई चन्द्रागिरिमा गाेली हानी मारियाे

काठमाडाैं, साउन १३ : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एउटा राँगोलाई गोली हानी मारिएको छ। आतंक मच्चाएको भन्दै आज बिहान साढे ७ बजेतिर राँगोलाई गाेली...
नेपालगञ्जकाे राँगाेलाई चन्द्रागिरिमा गाेली हानी मारियाे

काठमाडाैं, साउन १३ : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एउटा राँगोलाई गोली हानी मारिएको छ। आतंक मच्चाएको भन्दै आज बिहान साढे ७ बजेतिर राँगोलाई गाेली हानी मारिएको हो।

नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो। भागेकाे राँगो त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौरलगायतका स्थानमा दौडिएको थियो।

थानकोट प्रहरीका अनुसार करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो। कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो।

प्रहरीका अनुसार राँगोले मानवीय क्षति नगरेपनि क्षति पुर्याउन सक्ने भएकाले गाेली हानीएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: ०८:५२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्