Kathmandu Press

एसईई रिजल्टमा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न पाउने

काठमाडाैं, साउन १३ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा...
एसईई रिजल्टमा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न पाउने

काठमाडाैं, साउन १३ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको हाे।

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन्। निवेदन दस्तुर पाँच सय लाग्नेछ। निवेदन दिन कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने छ।

२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन्।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्