Kathmandu Press

भारतसँगको पश्चिमी सीमा नाका चार दिन बन्द

बैतडी, मंसिर ६ : भारतसँग जोडिएको पश्चिमी सीमा नाका चार दिनका लागि बन्द गरिएको छ।

भारतमा उपनिर्वाचन हुन लागेकाले बैतडीको झुलाघाट नाका शुक्रबा....

भारतसँगको पश्चिमी सीमा नाका चार दिन बन्द

बैतडी, मंसिर ६ : भारतसँग जोडिएको पश्चिमी सीमा नाका चार दिनका लागि बन्द गरिएको छ।

भारतमा उपनिर्वाचन हुन लागेकाले बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय, बैतडीका अनुसार मंसिर ९ गतेसम्म झुलाघाट सीमा नाका बन्द हुनेछ।

भारतको बैतडीसँग सीमा जोडिएको क्षेत्रमा मंसिर ८ गते (२५ नोभेम्बरमा) विधानसभाको उवनिर्वाचन हुँदै छ।

उपनिर्वाचनमा सुरक्षा संवेदनशीलता कारण आज साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

उनका अनुसार, आकस्मिक अवस्थामा आवतजावतका लागि खोल्न पनि सकिनेछ। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने उनले बताए।

यसअघि असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म यो नाका बन्द गरिएको थियो।

नेपालमा निर्वाचन हुँदा पनि सीमा नाका बन्द गरिँदै आएको छ।

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्