लुको उच्चस्तरीय भेटवार्ता आज
बिहीबार काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने छन्।
काठमाडाैं, साउन १३ : तीनदिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्च्स्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ। बिहीबार काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने छन्।
नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन्। लु गत मंसिरमा पनि नेपाल आएका थिए।
उनी भारत हुँदै काठमाडौं आएका हुन। यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











