Kathmandu Press

बौद्ध स्तुप परिसरमा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार

काठमाडाैं, साउन १३ : बौद्ध स्तुप परिसरमा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार भएकाे छ। बिहीबार परिसरभित्र छिर्न खाेजेका दृष्टिविहिनहरूमाथि बौद्ध विकास समितिका सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेका हुन।विकास...
बौद्ध स्तुप परिसरमा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार

काठमाडाैं, साउन १३ : बौद्ध स्तुप परिसरमा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार भएकाे छ। बिहीबार परिसरभित्र छिर्न खाेजेका दृष्टिविहिनहरूमाथि बौद्ध विकास समितिका सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेका हुन।

विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोसकेा थिए।

उक्त भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडियाेमा बौद्ध विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूको बाटो छेकेको र जबर्जस्ती लठ्ठी खोसेको, धकेलेको देख्न सकिन्छ।

धार्मिक सम्पदा क्षेत्र भित्र भिख माग्न, गीत गाउन निषेध गरिएको छ। ती दृष्टिविहीनहरू गीत गाउँदै माग्न आएको भन्दै प्रवेशद्वारमै रोक्न खोजिएको थियो।

तर समितिका सुरक्षाकर्मीहरूकाे व्यवहार नराम्राे भएपछि सुरक्षाकर्मी र विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूसँग माफी मागेका छन।

पछि समितिले दृष्टिविहीनहरूलाई तीन-तीनवटा लठ्ठी र चस्मा किनिदिएको बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्