प्लाष्टिकको माला अयात र बिक्री बितरणमा प्रतिबन्ध
काठमाडाैं, साउन १२ : सरकारले प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ।बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै वन तथा...
काठमाडाैं, साउन १२ : सरकारले प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ।
बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै वन तथा वातावरण मन्त्रालयले प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न राेक लगाएकाे हाे।
मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको जनाएको छ।
यसअघि १ भदौबाट लागू हुने गरी वातावरण विभागले देशभर ४० माइक्रोन भन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो।
अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ।

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











